विश्वका सैनिकको ध्यान चीनको उहानमा केन्द्रित

 कात्तिक १, २०७६ शुक्रबार ६:४८:४६ | रासस
unn.prixa.net

उहान स्पोर्टस् सेन्टर

चीन – विश्वका सैनिकको ध्यान यतिखेर महाशक्ति राष्ट्र चीनको उहानतर्फ केन्द्रित भएको छ । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिता शुक्रबारदेखि यहाँ सुरु हुँदैछ । उक्त प्रतियोगितामा भाग लिन १०५ मुलुकका उच्चस्तरीय प्रतीरक्षा अधिकारी, सैनिक र खेलाडी उहान आइपुगिसकेका छन् । 

इन्टरनेशनल मिलिटरी स्पार्टस् काउन्सिल (सीआइएसएम) को समयन्वयमा यस पटकको गृष्मकालीन विश्व सैनिक खेलकूद प्रतियोगिता चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको हो । प्रत्येक चार वर्षमा हुने सो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ । 

विश्वका सैनिकबीच हुने यस खेल प्रतियोगितालाई ठूलो तथा शक्तिराष्ट्रले निकै चासोका साथ हेर्ने गरेको पाइन्छ । खेल विधामा ४० नेपालीसहित विश्वका १० हजार ७१९ सैनिक खेलाडीले यस प्रतियोगिता प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिसकेको काउन्सिलका पदाधिकारीको आज बसेको बैठकमा जानकारी दिइयो । उहान शहर होलहरु अहिले विदेशी खेलाडीले भरिभराउ भएको छ ।

मस्कट ‘वीङवीङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौँ शान्ति खेलकूद नामाकरण गरिएको छ । नेपालसहित  विश्वका १०५ मुलुकमा १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । 

यस खेलकूद प्रतियोगितालाई ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद  महोत्सवका रुपमा लिने गरिन्छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । यो प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । 

विश्व शान्ति कार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजको रुपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पिन’ हो । उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ । 

प्रतियोगिता सञ्चालन हुने सबै स्थानमा मोटरबाट ३४० मिनेटभित्रै पुग्न सकिने दूरीमा रहनेछन् । ट्राइथलन भने ७९ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजयी खेलाडीलाई प्रदान गरिने पदकलाई ‘शान्ति र मैत्रीका तारा’ नाम दिइएको छ भने ट्रफीलाई ‘शान्तिको प्रतीक’को संज्ञा दिइएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया