राष्ट्रपति भण्डारी जापान प्रस्थान

 कात्तिक ३, २०७६ आइतबार ९:३४:५२ | रासस
unn.prixa.net

म्यानमार –  राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमण पूरा गरी आइतबार बिहान जापान प्रस्थान गर्नुभयो । थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ ।

राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्मारको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, याङ्गुनका मुख्यमन्त्री यु फियो मिन थिन र म्यान्मारको लागि नेपाली राजदूत गणेशप्रसाद ढकाललगायतले बिदाइ गर्नुभयो ।

जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भएर नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया