सुर्खेतमा ज्यान जाेगाउन बसबाट हामफाल्दा त्यही बसले किचेर एक किशाेरीकाे ज्यान गयाे

 कात्तिक १२, २०७६ मंगलबार ६:५८:५२ | रासस
unn.prixa.net

सुर्खेत - चिङ्गाड गाउँपालिका-३, चिउडुवामा बसले किचेर साेमबार एक किशोरीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतबाट जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुबाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका-४, अवलपराजुलकी १४ वर्षीया कमला बुढाको घटनास्थलमै ज्यान गएको हो ।

उकालोमा बढी चाप धान्न नसकेर पछाडि गुडिरहेको अवस्थामा अत्तालिएर ढोकाबाट हाम फाल्दा बुढाको त्यसै बसको चक्काले किचेर ज्यान गएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान सुरु गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया