साेमबार मात्रै एक सय तीन जना जुवाडे पक्राउ

 कात्तिक १२, २०७६ मंगलबार ११:५:५३ | रासस
unn.prixa.net

काठमाण्डौ - देशका विभिन्न भागमा गैरकानूनी रूपमा जुवातास खेल्ने/खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट साेमबार एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
 
साेमबार बिहान भक्तपुरको गुण्डु र ताथलीबाट १४ जना पक्राउ परेका र उनीहरूबाट तीन लाख रुपैयाँ नगद बरामद भएको छ । यसैगरी गुल्मीको गुल्मीदरबार गाउँपालिकाबाट दुई लाख ८२ हजार रुपैयाँ १७ जना  र बर्दियाको बाँसगढी र राजापुर क्षेत्रबाट ३१ जना समातिएका छन् । उनीहरूबाट रु दुई लाख ३६ हजार, तासका कैयौँ प्याकेट र कौडा बरामद गरिएको केन्द्रीय प्रहरीले जनाएको छ । 

यसैगरी चितवनको खैरहनी नगरपालिका र भरतपुर महानगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएका ३२ जनाबाट रु पाँच लाख ७५ हजार रुपैयाँ नियन्त्रणमा  लिइएकाे थियाे ।

दाङको लमही नगरपालिका–५ साेमबार बिहान पक्राउ गरिएका आठजनाबाट १६ गड्डी तास र ३२ थान कौडासहित ६ लाख ७८ हजार रुपैयाँ बरामद भएको थियाे ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Alisha

    May 24, 2020, 10:58 a.m.

    Do you have a spam issue on this site

  •  0 Reply

तपाईको प्रतिक्रिया