४ करोडभन्दा धेरै सम्पत्तिको स्रोत नखुलेपछि सिँचाइ विभागका तत्क...
पुस २८, २०८१ आइतबार
तनहुँ - तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा त्यसै ठाउँका सात वर्षीय ऋतिक रोका रहेका छन् ।
घरकै आँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणमा परेर सोमबार राति बालकको ज्यन गएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । बालकको कम्मरमुनिको आधा भाग खाएको अवसथामा बालकको शव घरभन्दा १०० मिटरमाथिको जङ्गलमा भेटिएको थियो ।
मजदुरी गर्दै आएका मृतकका बुबा राजु गएकाे पाँच/छ वर्षदेखि बेपत्ता रहेको त्यसै नगरपालिकाका वडाध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिनुभयो । घरमा कोही पनि नभएको अवस्थामा चितुवाले बालकलाई आक्रमण गरेर लगेको हुनसक्छ, उहाँले भन्नुभयो, बालक घरमा नभेटिएपछि खोजतलास गर्दा मृतावस्थामा फेला परेका थिए ।
सोमबार बिहान मात्रै त्यसै नगरपालिकाकाे ३ नम्बर वडामा रहेकाे एक सामुदायिक वनमा थापिएको खोरमा परेर एउटा चितुवा नियन्त्रणमा आएको थियो । चितुवाको आक्रमणबाट वडा नं १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।