कैलालीमा बञ्चराे प्रहार गरेर छिमेकीकाे हत्या

 कात्तिक १२, २०७६ मंगलबार १०:३५:१४ | रासस
unn.prixa.net

कैलाली - कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा एक व्यक्तिकाे हत्या भएको छ ।

२८ वर्षका खुशीराम चौधरीको स्थानीय ३२ वर्षका मोतीराम चौधरीले टाउकोमा बञ्चरोले हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

मानसिक सन्तुलन ठिक नभएका मोतीरामले आफ्नो घरमा झगडा गरिरहेका बेला खुशीरामले सम्झाउन खोज्दा बञ्चरो प्रहार गरेका स्थानीय बासिन्दाको भनाइ छ । खुशीरामलाई बन्चरोले हानेर मोतिराम फरार रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया