तिहारमा कैदीबन्दीलाई वडाध्यक्षले दिए खसी उपहार

 कात्तिक १२, २०७६ मंगलबार १८:१६:२८ | रासस
unn.prixa.net

फाइल फोटो

जुम्ला - कारागारका कैदीबन्दीलाई चन्दननाथ नगरपालिका-५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले तिहार मनाउन खसी उपलब्ध गराउनु भएकाे छ । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले वडाध्यक्ष कठायतले उनीहरुलाई एउटा खसी प्रदान गर्नुभएको हो ।

तिहारको भाइटीकाको दिन मंगलबार बिहान वडाध्यक्ष कठायतले पत्रकार र प्रहरीको उपस्थितिमा जुम्ला कारागारमा रहेका तीन जना महिलासहित ८४ जना कैदीबन्दीलाई खसी हस्तान्तरण गर्नुभयो । उहाँले १२ हजार रूपैयाँ बराबरको खसी उपलब्ध गराउनुभएको हो ।

खसी बुझ्दै कैदीका चौकीदार खाम्बा रावतले भन्नुभयो, 'दशैँ–तिहार आएको गएको थाहा हुँदैन थियो, तर यस वर्ष दशैँ–तिहार दुवै पटक खसी उपहार पाएर कैदीबन्दीहरुले रमाएर दशैँ–तिहार मनाए ।' वडाध्यक्षले कैदीबन्दीलाई तिहारको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताउनुभयो । उहाँले आफूप्रति हीनताबोधको सोचाइ अन्त्य गरी कारागारपछिको जीवन एक उदाहरणीय रुपमा बिताउन सुझाव दिनुभयो ।

यसअघि दशैँमा पातारासी गाउँपालिकाले दशैँ मनाउन खसी प्रदान गरेको थियो । चाडपर्व हर्षोल्लासका साथ मनाउन भन्ने उद्देश्यले गाउँपालिकाले दुई वटा खसी प्रदान गरेको थियो । साथै आवश्यक मसला र नुनतेलका लागि नगद रु तीन हजार पनि उपलब्ध गराएको थियो ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया