अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
सप्तरी - सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।
सप्तरी जिल्लाकाे हनुमाननगर कंकालिनी नगरपालिका–१२, कोशी बाँधमा मंगलबार राति १५ किलोको अजिङ्गर फेला परेको हो ।
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयले कोशी बाँधमा अजिङ्गर देखेपछि इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । दबर पाएलगत्तै प्रहरीले नियन्त्रणमा लिएकाे अजिङ्गर इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएकाे छ ।
यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो ।