कीर्तिमानी आरोही पुर्जाको टाेलीलाई विमानस्थलमा भव्य स्वागत

 कात्तिक १३, २०७६ बुधबार २०:३८:२२ | रासस
unn.prixa.net

तस्बिर - नरेन्द्र श्रेष्ठ/ईपीए

काठमाण्डाै - नेपाली पर्वतारोही निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनाको अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ अग्ला हिमाल आरोहण गरी कीर्तिमान बनाएर फर्किएका आरोही निर्मल पुर्जासहितका आरोहीलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो ।

नेपाल पर्वतारोहण सङ्घको नेतृत्वमा पञ्चेबाजा र नेपाल प्रहरीको ब्यान्डबाजासहित स्वागत गरिएको थियो । कीर्तिमानी आरोही पुर्जाको आरोही टिमका मिङ्मा डेभिड शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङ आरोहण पूरा गरी बुधबार अपराह्न विमानस्थल आइपुग्नुभएको थियो । 

आरोही पुर्जाले मङ्गलबार बिहान स्थानीय समयअनुसार ८ः५८ बजे चीनको सिसापाङ्माको शिखरमा पाइला टेक्दै आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण सात महिनामै पूरा गरी कीर्तिमान बनाउनुभएको थियाे । 

म्याग्दी घर भएका आरोही पुर्जा पूर्व ब्रिटिस सैनिक हुनुहुन्छ । आरोहीलाई गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो । यसअघि सन् १९८७ मा पोल्यान्डका जर्जी कुकुच्जाले सात वर्ष ११ महिना १४ दिनको अवधिमा आठ हजार मिटर अग्ला १४ हिमालको आरोहण सम्पन्न गरेका थिए ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया