जुवामा संलग्न भएको अभियोग लागेका सेनानीमाथि प्रहरी अनुसन्धान

 कात्तिक २४, २०७६ आइतबार १८:४:१३ | रासस
unn.prixa.net

काठमाण्डाै - सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ । काठमाण्डौ जिल्ला, टोखा नगरपालिका–१०, सामाखुशीमा रहेकाे खरीबोट इलाकाबाट यही कात्तिक १५ गते जुवामा संलग्न रहेको आरोपमा उहाँ पक्राउ पर्नुभएकाे थियाे ।

नेपाल प्रहरीले पक्राउ गरी सैनिक प्रहरी गण, जङ्गी अड्डामा बुझाइएका सेनानी शाहीलाई अनुसन्धानका लागि आइतबार महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उपस्थित गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कानूनको बर्खिलाफ गर्ने जो कसैलाई कारबाहीको दायरामा ल्याउने सङ्गठनको स्पष्ट नीति रहेको जनाउँदै सेनाले सङ्गठनमा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका  लागू गरेको छ ।

गैरकानूनी कार्यमा संलग्न सैनिक व्यक्तिहरु उपर सैनिक ऐनबमोजिम कारबाही गरिने जनाउँदै सेनाले अनुसन्धानका लागि प्रहरी प्रशासनबाट उपस्थित गराइदिन अनुरोध भइआएमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि पठाउने गरेको बताएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया