आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो
पुस २८, २०८१ आइतबार
कञ्चनपुर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा कालापानीको विषय जोडदार रूपमा उठाएको बताउनुभएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा शनिबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले वर्तमान सरकारले लिपुलेक, कालापानीलगायत सीमा अतिक्रमणका विषय सशक्त रुपमा उठान नगरेको आरोप लगाउनुभयो । 'कालापानी नेपालको भू–भाग हो', उहाँले भन्नुभयो, 'मैले बेला–बेला कालापानीको विषय उठाउँदै आएको छु ।' महाकाली सन्धिमा महाकाली नदी सीमा नदी उल्लेख गरिएको दाबी गर्दै उहाँले महाकालीको पानी पनि आधा–आधा हुने सन्धिमै स्पष्ट रहेको बताउनुभयो ।
त्यस्तै सभापति देउवाले कुटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताउनुभएको छ । उहाँले सरकाले राष्ट्रवादको नारा दिए पनि त्यसअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।