महिला उद्यमी भेला काठमाण्डौमा

 मंसिर २, २०७६ सोमबार ७:३६:३२ | रासस

काठमाण्डाै – महिला उद्यमी महासङ्घ नेपालले यही मङ्सिर ३ र ४ गते काठमाण्डौमा महिला उद्यमी भेला गर्ने भएको छ । यो भेलामा महिला उद्यमीले सञ्चालन गरेका उद्योगको अवस्था, बर्सेनि बढी रहेको व्यापार घाटा न्यूनीकरण गर्न उनीहरुले निर्वाह गर्नुपर्ने भूमिका, उद्यमशीलताको विकासका लागि महिलाको सहभागितालगायत विषयमा छलफल गरिने छ । 

देशका विभिन्न भागबाट आएका महिला उद्यमीबीच मङ्सिर ३ गते विभिन्न उद्योगको अवस्था तथा १०० महिला उद्यमीको छलफल गरिने संस्थाका सदस्य रम्भा श्रेष्ठले जानकारी दिनुभयो । मङ्सिर ४ गते प्रज्ञा प्रतिष्ठानमा एक हजार महिला उद्यमीको भेला गरिने छ ।

करिब डेढ दशक अगाडि स्थापना भएको यो संस्थाले औद्योगिक नीति निर्माण तथा निर्णय प्रक्रियामा महिला उद्यमीको हक अधिकारका बारेमा वकालत गर्दै आएको छ । महिला उद्यमीको विकास एवं प्रवर्द्धनका लागि सक्रिय रहेको यो संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्वदेशी उत्पादनको प्रवर्द्धनसमेत गर्ने गरेको छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया