फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादको निम्तो

 मंसिर ३, २०७६ मंगलबार १०:१२:११ | रासस
unn.prixa.net

काठमाण्डाै – युरोप भ्रमणमा रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र फिनल्याण्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोबीच फिनल्याण्डमा भेटवार्ता भएको छ ।

मन्त्री पोखरेलले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट यहाँ आयोजना हुने सगरमाथा संवाद २०२० का लागि फिनल्याण्डका मन्त्रीलाई निमन्त्रणा हस्तान्तरण गर्नुभयो । यो अवसरमा दुवै मन्त्रीबीच शिक्षा क्षेत्रमा नेपाललाई नमूनायोग्य बनाउनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको भेटमा सहभागी मन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानेले जानकारी दिनुभयो ।

यो अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती अन्टिएन, मन्त्रालयका उपसचिव धु्रवराज रेग्मी, तामाङ सोसाइटीका अध्यक्ष टासी तामाङलगायत सहभागी हुनुहुन्थ्यो । मन्त्री पोखरेल फ्रान्सको पेरिसमा भएको युनेस्कोको ४०औँ महासभा बैठकमा भाग लिई फिनल्याण्ड भ्रमणमा निस्कनुभएको हो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया