नाट्टाले पर्यटकलाई १० प्रतिशत छुट दिने

 मंसिर १३, २०७६ शुक्रबार ७:७:४० | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल भ्रमण वर्ष अवधिभर पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ । 

यो प्रयोजनका निम्ति भ्रमण वर्ष सचिवालयका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य र नाट्टाका अध्यक्ष सिएन पाण्डेबीच बिहीबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । चौध बुँदे समझदारीपत्रमा भ्रमण वर्षमा छुट दिने, अन्तर्राष्ट्रिय ट्राभलरको सम्मेलन नेपालमा गर्ने तथा दोस्रो बुद्धिष्ट ट्राभल मार्ट आयोजनालगायतका कार्यक्रम छन् ।

नाट्टाका अध्यक्ष पाण्डेले भ्रमण वर्षलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ उक्त अभियान अवधिभर संस्थाले ट्राभल एजेन्सीबाट लिने टुर प्याकेजमा पर्यटकलाई १० प्रतिशत छुट दिलाउने नयाँ कार्यक्रम घोषणा गरेको जानकारी दिनुभयो । 

भ्रमण वर्षका संयोजक वैद्यले सातै प्रदेशमा पर्यटक लैजाने गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको थियो । भ्रमण वर्षको अवसरमा नाट्टाले छिट्टै विदेशी एयरलाइन्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र त्यसले शीघ्र सञ्चालनको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा उडान व्यवस्थापनका लागि सहयोग पुग्ने अध्यक्ष पाण्डेको भनाइ छ ।

त्यसैगरी सन् २०२० को मार्च महिनामा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट आयोजना गर्न र त्यहाँ ५० देशका टुर अपरेटरलाई सहभागी गराउने नाट्टाको योजना छ । गएको वर्ष नाट्टाले आयोजना गरेको पहिलो मार्टमा ३० देशका पर्यटन व्यवसायी सहभागी थिए ।

भ्रमण वर्षका दौरानमा संस्थाले अन्य प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिने अध्यक्ष पाण्डेले बताउनुभयो । देशभरका टुर एण्ड ट्राभल व्यवसायीको छाता सङ्गठन नाट्टा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण संस्थाको रुपमा मानिन्छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया