नेपाल भ्रमण वर्ष : ५ हजार जनालाई पर्यटन तालिम

 मंसिर २२, २०७६ आइतबार १९:३९:१८ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल पर्यटन बोर्डले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई ध्यानमा राखेर ५ पाँच हजार जनालाई पर्यटन लक्षित तालिम दिने भएको छ । 

नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका ५ हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो ।

बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई प्रशिक्षण, गाउँगाउँमा घरबास सञ्चालन तालिम, अध्यागमनसम्बन्धी सेवाप्रदान, नेचर गाइड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा तालिम प्रदान गर्न लागेको हो । 

यसैगरी ट्रेकिङ गाइड र माउण्टेन लिडर तालिम, पर्यटकलाई प्राथमिक उपचार, नेपाली हस्तकलासम्बन्धी, सरसफाइ र स्वास्थ्यसम्बन्धी, क्षमता अभिवृद्धि, नयाँ पर्यटन व्यवसाय विकास तथा व्यवस्थापन, महिला लक्षित पर्यटन व्यवसाय र डिजिटल मार्केटिङ तथा उत्पादन व्यवस्थापन तालिम प्रदान गर्न लागेको हो । 

बोर्डका प्रबन्धक सन्तोषकुमार घिमिरेले नेपाल भ्रमण वर्षलाई लक्षित गरी विभिन्न पर्यटकीय संघसंस्थालाई समावेश गरेर ५ हजार व्यक्तिलाई तालिम प्रदान गर्न लागिएको जानकारी दिनुभयो । ‘बोर्डले नेपाल भ्रमण वर्षमा पर्यटन प्रवर्द्धन गर्न तालिमका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ, जुन भ्रमण वर्षका लागि अपुग रकम हो’, प्रबन्धक घिमिरेले भन्नुभयो । 

बोर्डले नेपाल भ्रमण वर्षलाई लक्षित गरेर स्थानीय तहसँगको समन्वयमा पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्न लागेको छ । 

यसैगरी संस्कृति, पर्यटन तथा तथा नागरिक उड्डयन मन्त्रालयले पनि नेपाल भ्रमण वर्षलाई लक्षित गरी थप ५ हजार व्यक्तिलाई पर्यटन प्रवर्द्धनसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । 

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया