भारतबाट वार्षिक ३५ करोडको खरानी आयात

 साउन ३, २०७५ बिहिबार १७:३६:४१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालले भारतबाट अधिकांश सामानहरु आयात गर्ने गरेको छ । इन्धन, फलामे सामान, खाद्यान्न मात्रै नभएर भारतबाट खरानी समेत आयात हुने गरेको छ ।

 नेपालगञ्ज नाका भएर मात्रै वार्षिक करोडौंको खरानी भित्रिने गरेको छ । भन्सार कार्यालयका अनुसार भारतबाट नेपालमा बर्सेनि ठूलो परिमाणको खरानी भित्रिने गरेको छ । 

सिमेन्ट उद्योगले कच्चा पदार्थको रुपमा भारतबाट खरानी स्ल्याग भित्राउने गरेको नेपालगञ्ज भन्सार कार्यालयका  निमित्त प्रमुख माधव आचार्यले जानकारी दिए । 

गएको आर्थिक वर्ष २०७४-७५ मा नेपालगञ्ज भन्सार कार्यालय भएर ३५ करोड ६० लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको खरानी भारतबाट भित्रिएको भन्सार कार्यालयको तथ्यांक रहेको छ । भारतबाट गएको आर्थिक वर्षमा भित्रिएको खरानीबाट नेपाल सरकारलाई  १६ करोड ७४ लाख २७ हजार रुपैयाँ मूल्य राजश्व प्राप्त भएको छ । 

भन्सार कार्यालयको तथ्यांक अनुसार गएको आर्थिक वर्षमा भारतबाट १० लाख ६ हजार ३६४ मेट्रिक टन खरानी भारतबाट नेपालगञ्ज नाका भएर भित्रिएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार पछिल्लो समय खरानी आयात हुने क्रम बढ्दो अवस्थामा रहेको छ । 

 अघिल्लो आर्थिक वर्ष २०७३-७४ मा भारतबाट  ५६ हजार ७५३ मेट्रिक टन खरानी स्ल्याग भारतबाट नेपालगञ्ज नाका हुँदै भित्रिएको थियो । 

त्यस आर्थिक वर्षमा  २० करोड ७ लाख ११ हजार रुपैयाँ मूल्यको खरानी भित्रिँदा भन्सार कार्यालयले ९ करोड  ८ लाख २८ हजार रुपैयाँ  राजश्व संकलन गरेको थियो । नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४-७५ मा  लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ ।

भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । संकलित राजश्वमध्ये निकासीतर्फको राजश्व करिब ६२ लाख रुपैयाँ मात्रै रहेको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया