आज यस्तो छ अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ
पुस २८, २०८१ आइतबार
चितवन – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको कारण पार्टी धरापमा परेको बताउनु भएको छ ।
रत्ननगर नगर समितिले शनिबार चितवनको टिकौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टीभित्र विकृति मौलाएको बताउनु भयो । 'सभापतिका कारण पार्टी कमजोर बन्दै गएको छ', उहाँले भन्नुभयो, 'व्यक्तिगत स्वार्थमा लागे लाग्नुस्, हामी पार्टी बनाउन लाग्छौँ ।' पार्टी सभापतिले कमजोरी ढाकछोप गर्न मात्र खोजेको उहाँले आरोप लगाउनु भयो ।
पार्टीलाई रोगमुक्त बनाउन नौ बुँदे सुझाव पेस गरेकोमा त्यसलाई सभापतिले बेवास्ता गरेको पौडेलको भनाइ थियो । महाधिवेशनको मिति एक वर्ष पर धकेलेर देउवाले पार्टीभित्र एकलौटी गर्न खोजेको उहाँले बताउनु भयो । आउँदाे चुनाव जित्ने गरि एकजुट हुनुको विकल्प नरहेकोमा उहाँको जोड थियो ।
काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी कब्जा गर्ने नभइ सत्ता कब्जा गर्ने गरि नेतृत्वले काम गर्नुपर्ने बताउनु भयो ।
काङ्ग्रेस रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्यद्वय डिना उपाध्याय र कमला पन्त, चितवन सभापति जीतनारायण श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न विधाबाट १२ जना तथा पार्टी पूर्वनगर सभापति चार जनालाई सम्मान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।