आज यस्तो छ अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ
पुस २८, २०८१ आइतबार
चितवन – नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको बताउनु भएको छ ।
शनिबार चितवनको इच्छाकामना गाउँपालिका ४ मा रहेकाे सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले भन्नुभयाे, 'शान्ति भएको छ, स्थिर सरकार बनेको छ, कुन दलको सरकार बनेको छ छाडिदिनुस् । सबै सरकारलाई सघाउनुपर्छ । सरकारका कमजोरीको खबरदारी गर्नुपर्छ र घचघच्याउनुपर्छ ।'
प्रवक्ता शर्माले विद्यालयमा शिक्षक शिक्षिकाले किताबी ज्ञानमात्र नभइ संस्कार पनि सिकाउन आग्रह गर्नुभयो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले गाउँपालिकाले शिक्षामा विशेष जोड दिइरहेको बताउनु भयो ।
विसं २०२७ मा स्थापना भएको विद्यालयले पुस १३ गतेदेखि पुस १९ गतेसम्म विविध कार्यक्रम गरी स्वर्ण महोत्सव मनाएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि सापकोटाले स्वर्ण महोत्सव सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
स्वर्ण महोत्सवको अवसरमा सातै दिन विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने महानुभावलाई सम्मानसमेत गरिएको विद्यालयका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।