आज यस्तो छ अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – राजस्व अनुसन्धान विभागले १५ करोड ५१ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको आरोपमा ६ जनाविरुद्ध काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाण्डाैकाे अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईं समेत चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साह सहित दुई जनाविरुद्ध राजस्व चुहावटमा मुद्दा चलाइएको हो ।
आरोपी चौलागाईं समूहले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक प्रयोग गरेको र साहले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोप छ ।उनीहरुविरुद्ध १५ करोड ५१ लाख रुपैयाँ बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिबाना र तीन वर्ष कैद सजायको माग दाबी गरिएको मैनालीले बताउनु भयो ।
अग्रिम इन्टरप्राइजेज अर्थात् अग्रिम निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरि झुट्टा तथा नक्कली बीजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत गरि १२ करोड ८७ लाख रुपैयाँ बिगो बराबरको राजस्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।
यस्तै सन्दीप ट्रेडिङमार्फत प्रमिलाकुमारी साह सहित दुई जनाले दुई करोड ६४ लाख रुपैयाँ बीगो बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।