‌‍‍ओखलढुंगामा मोटरसाइकल दुर्घटना : चालककाे ज्यान गयाे, पछाडि बस्ने घाइते

 पुस २२, २०७६ मंगलबार १४:४६:२० | रासस
unn.prixa.net

‌ओखलढुंगा - सुनकोशी गाउँपालिका–३, सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी–३ कै ४५ वर्षीय शेरबहादुर मगरको ज्यान गएको छ ।

बा ६५ प ७४७३ नम्बरकाे मोटरसाइकल सोमबार राति सडकबाट तल खस्दा मगरकाे घटनास्थलमै ज्यान गएको र अर्का एक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । 

घाइते सिस्नेरीकै कुमार भनिने काशीराम थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीका अनुसार मोटरसाइकल सडकबाट खोल्सामा खस्दा पछाडि बसेका थापा बीचमा नै अड्किएकाले सामान्य घाइते भएका हुन् । 

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ । राति दुर्घटना भए पनि बिहान मात्र स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मगरको शव परीक्षण गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया