सुदूरपश्चिम, गण्डकी र बागमती ‘अफ्रिकन स्वाइन फिभर’ फैलियो : क...
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गर्नुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अस्ट्रेलिया र भिक्टोरियामा रहेकाे नेपाली महावाणिज्य दूतावासको कार्यालयले संयुक्तरुपमा बुधबार आयोजना गरेकाे 'भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा मन्त्री भट्टराईले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गर्नुभयो ।
उहाँले नेपाल र अस्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै त्याे सम्भव हुँदा पर्यटकको सङ्ख्या बढाउन र यहाँ भएका नेपालीलाई पनि सहज हुने बताउनु भयो । अस्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उहाँले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन अस्ट्रेलियामा रहेका नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने बताउनु भयो । उहाँले आफू अस्ट्रेलिया आए देखिनै यहाँका नेपालीको साथबाट उत्साहित भएको भन्दे खुशी व्यक्त गर्नुभयाे ।
गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गर्नुभयाे । उहाँले नेपालीलाई आफू स्वदेश जान र आफूले चिनेका साथीभाइलाई लैजान पनि अनुरोध गर्नुभयो ।
अस्ट्रेलियाका सङ्घीय सांसद ग्रलाडीसले पनि अस्ट्रेलियाको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै यस वर्ष आफू पनि नेपाल जान इच्छुक रहेको बताउनु भयो ।
गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताउनु भयो । साथै अस्ट्रेलियाकाे आगलागी पीडितका लागि सङ्घले ५० हजार डलर सहयोग गर्न लागेको पनि जानकारी दिनुभयो । सङ्घकै पहलमा मेलबर्न र सिड्नीमा एक–एक वटा बसमा भ्रमण वर्ष अङ्कित स्टिकर पनि टाँस्ने कार्यक्रम रहेको उहाँको बताउनु भयाे ।
कार्यक्रममा महावाणिज्यदूत चन्द्र योन्जन, भिक्टोरिया प्रदेशका सांसद नेटाली हुट्चिङ्, अस्ट्रेलियाको रेस कमिस्नार चिन्टाङ लगायतले भ्रमण वर्ष सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा नेपाल भ्रमण गर्नुभएका ट्रेभोर मोयलरी, स्टेफोनिक मे, लुइसिन्डा पेर्टसन, लुई गी लगायतले नेपालको पर्यटकीय महत्वका बारेमा वर्णन गर्नुभएको थियो ।
गएकाे वर्ष अस्ट्रेलियाबाट ३३ हजार पर्यटक नेपाल आएको तथ्याङ्क छ । अस्ट्रेलियामा एक लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।