सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
भक्तपुर - भक्तपुरका पर्यटकलाई लक्षित गरी भक्तपुरदेखि पोखरासम्म सुविधासम्पन्न पर्यटकीय बस सञ्चालन गर्ने भएको छ ।
यसअघि ठमेलका पर्यटकलाई लक्षित गरी ठमेलदेखि पोखरासम्म बस सञ्चालन गर्दै आएको व्यास ट्राभल्स एण्ड टुर्सले भक्तपुरका पर्यटकलाई लक्षित गरेर भोलिदेखि बस सञ्चालन गर्न लागेको हो ।
व्यास ट्राभल्स एण्ड टुर्सका सञ्चालक दीपक भट्टराईले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अत्याधुनिक सेवा र सुविधासहित बस सेवा विस्तार गर्न लागेको जानकारी दिनुभयो ।
“सेवा विस्तारसँगै भक्तपुर पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।
बस भक्तपुरको सूर्यविनायकबाट कोटेश्वर, बानेश्वर, जमल, सोह्रखुट्टे, बालाजु, कलंकी हुँदै पोखरासम्म जानेछ । बत्तीस सिट क्षमता भएको बसमा ‘थाई रेष्ट’ सिट र शौचालयसहितको व्यवस्था छ । व्यास ट्राभल्सको हाल दुई वटा बस सञ्चालनमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।