सुदूरपश्चिम, गण्डकी र बागमती ‘अफ्रिकन स्वाइन फिभर’ फैलियो : क...
पुस २८, २०८१ आइतबार
चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।
सवारी साधान रोकेर पहिरो नियन्त्रणको कार्य सकेर पूर्णरूपमा सडक सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो ।
दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको काम हुँदै आएको थियो । अब बाँकी रहेका काम अन्य दिनमा केही समय सवारीसाधन रोक्दै पूरा गरिने खनालले बताउनु भयो । उहाँले भन्नुभयो, 'बाँकी रहेका केही सामान्य कामहरु आगामी दिनमा थोरै–थोरै समयको अन्तरालमा सवारीसाधनलाई रोक्दै ट्राफिक व्यवस्थापन मिलाउँदै गछौँ ।'
नारायणघाट मुग्लिन सडकमा बाँकी रहेका आठ ठाउँमा पहिरो रोकथामको काम गरिएको हो । गएकाे मङ्सिर २७ गतेदेखि प्रत्येक दिन बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म सडकमा सवारीसाधनलाई रोकेर काम हुँदै आएको थियो ।
पहिरो नियन्त्रणका काम लगभग सकिएसँगै आउँदाे वर्षदेखि मुग्लिङ–नारायणघाट सडकमा वर्षाकाे समयमा पनि पहिरोको प्रभावले सवारी यातायातमा न्यून मात्र प्रभाव पर्ने सुनिश्चित भएको खनालले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।