लागुऔषध कारोबारमा संलग्न पाकिस्तानी नेतालाई आजन्म काराबास

 साउन ६, २०७५ आइतबार २०:३५:११ | रासस
unn.prixa.net

पाकिस्तानका एकजना नेतालाई लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा आजन्म काराबासको सजाय सुनाइएको छ । 

पाकिस्तानको एक अदालतले नेता हनिफ अब्बासीलार्इ यस्तो सजाय सुनाएको हो । उनी पाकिस्तानको सत्तारुढ दल नेसनल मुस्लिम लिगका नेता तथा वर्तमान सांसद हुन् । त्यो दल पूर्व प्रधानमन्त्री नवाज शरिफको दल हो । 

सांसद हनिफ अब्बासीमाथि लागुऔषधको प्रयोग गरेका अभियोगमा मुद्दा थियो । त्यो मुद्दामा भएको अन्तिम सुनुवाइमा शनिबार भएको हो । 

उनी आगामी बुधबार पाकिस्तानमा हुन लागेको आमनिर्वाचनमा पनि सांसदको उम्मेदवार रहेका थिए । तर मुद्दाको अन्तिम किनारा नलागिसकेकाले निर्वाचन आयोगले उनको उम्मेदवारी स्वीकार गरेको थियो । 

उनको आफ्नो औषधि कम्पनीले यस्तो लागुऔषध उत्पादन गरेर बजारमा बेच्ने गरेको लागुऔषध नियन्त्रण विभागले पत्ता लगाएको थियो । 

लामो समयको अनुसन्धानपछि उनी दोषी रहेको पत्ता लागेको हो । पाकिस्तानमा जारी कानूनमा लागुऔषधको कारोबार गर्नेलाई मृत्युदण्डसम्मको सजाय दिने गरिन्छ । 

तर उनलाई भने आजन्म काराबास तोकिएको राजधानी इस्लामाबादबाट प्राप्त समाचारमा जनाइएको छ । उनीमाथि सन् २०१२ मा त्यो मुद्दा लगाइएको थियो । 

उनी पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफका एक जना नजिकका सहयोगी हुन् । निर्वाचनको तीन दिनअघि उनलाई अनायासै यो काराबासको सजाय तोकिएको छ । 

यो फैसलाले पनि नवाज शरिफको दललाई राजनीतिक रुपमा ठूलो घाटा पुगेको अधिकारीहरुले जनाएका छन् । 

उनलाई यो फैसला सुनाइएपछि अदालतभित्र उपस्थित उनका समर्थकहरुले अदालतले राजनीतिक रुपमा प्रेरित भएर यो फैसला गरेको आरोप लगाउँदै अदालतका विरुद्धमा नाराबाजी गरेका थिए ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया