सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
बैतडी - डा गोविन्द केसीको अनशनले नागरिकको स्वास्थ्य सेवा पाउने मौलिक हक हनन भएको भन्दै अनेरास्ववियू र युवा संघ नेपाल बैतडीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
अखिलका जिल्ला अध्यक्ष भुवन कार्की र युवा संघका जिल्ला अध्यक्ष राजेन्द्र चन्दले डा केसीको अनशनका कारण देशभरका स्वास्थ्य संस्थाका स्वास्थ्य सेवा अवरुद्ध भइरहेको भन्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।
ज्ञापनपत्रमा चिकित्सा क्षेत्रको सुधारका नाममा पटकपटक अनशन बस्दै आउनुभएका डा केसीका कारण नागरिकको स्वास्थ्य सेवा पाउने संवैधानिक हक हनन् भएको र स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रमा राजनीतिकरण भएको आरोप लगाइएको छ ।
ज्ञापनपत्रमा अनशनकै कारण केही बिरामीहरुले समयमै उपचार नपाएर ज्यान समेत गुमाउनु परेकाले यस्ता गतिविधि बन्द गरी निर्बाध स्वास्थ्य संस्था सञ्चालन गर्न माग गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।