सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
कञ्चनपुर – राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘साउने डोला’ देखिएको छ ।
सोमबार साँझ परम्परागत तीज मनाउने क्रममा राना थामहिला वेषभूषासहित पुरानो गीत गाउन थालेपछि गाउँमा हेर्नेको भिड नै लागेको थियो । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास गर्दै आएका राना थारु समुदायले परम्परागत रुपमा हरेक वर्ष साउन महिनाको पूर्णिमाको तीन दिन अगाडि तीज बनाउने गर्दछन् ।
सोहीअनुसार १५७ परिवार राना थारुको बसोबास रहेको बागफाँटामा वडा सदस्य साहेब रानाको पहलमा तीज मनाइएको हो । भाइ र भतिजको दीर्घायुका लागि राना थारु समुदायका महिला वर्त बस्ने गरेको वडासदस्य रानाले बताउनुभयो ।
“बिहान चोखो बसेर वर्त उपसना बस्छन् ।” उहाँले भन्नुभयो– “दिउँसो थारु परिवार (सिमही, पुरी बनाएर पूजाअर्चना गर्छन् ।” त्यसका साथै गाउँमै पिङ (साउने डोला) बनाएर महिला परम्परागत गीत गाउँदै डोलामा रमाउने परम्परा छ । तीजका लागि बस्तीमा तोकिएका नौकरले सबैलाई खबर गरेपछि सामूहिकरुपमा तीज मनाउने विषय तय हुन्छ ।
“पिङ त साउन १ गते नै तयार भइसक्छ ।” रानाले भन्नुभयो– “पिङ चढेर परम्परगत गीत गाउँदा वर्षा हुने धार्मिक मन्यता रहेको छ ।” साउनमा वर्षा होस् भनेर पिङमा रमाउँदै गीत गाउने प्रचलन छ ।
विसं २०३९ देखि बागफाँटामा राना समुदायको बसोबास रहेको बताउँदै रानाले गाउँमा झण्डै चार दशकपछि पिङ स्थापना गरेर परम्परागत तीज मनाइएको बताउनुभयो । “तीज बिर्सजन हुँदा पिङ नदीमा बगाउने चलन छ ।” उहाँले भन्नुभयो– “पछिल्ला वर्षमा तीज मनाए पनि पिङ स्थापना गर्न भने छाडिसकेका छन् ।”
उहाँले आफूले पनि पहिलो पटक पिङसहितको तीज मनाएको बताउँदै उहाँले पिङबारे नयाँ पुस्तालाई पनि जानकारी भएको बताउनुभयो । यहाँका विभिन्न स्थानीय तहमा राना थारु समुदायको बसोबास रहे पनि उनीहरु तीज भने गाउँका भलमन्साको सुझावअनुसार फरक÷फरक दिन मनाउने गर्दछन् ।
“गाउँमा भलमन्साले भनेअनुसार नै तीजको मिति तय गरेर मनाउने काम भइरहेको छ ।” उहाँले भन्नुभयो– “परम्परागत पिङ भने लोप हुने अवस्थामा पुगेको छ ।” रानाले आफू समुदायको कला, संस्कृति र परम्परा संरक्षणका लागि पहल गर्ने बताउनुभयो ।
कञ्चनपुरमा थारु संग्रहालय स्थापना गरेर यहाँका थारु समुदायको संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने भनिए पनि त्यसको ठोस पहल हुन सकेको छैन । कञ्चनपुरको शंकरपुर, गञ्ज, कस्बा, पुरैना, जाइँ, देखतभुली, दैजी, भीमदत्तनगरपालिका र बेदकोटमा राना थारुको बसोबास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sunil budha magar
July 24, 2018, 11:20 a.m.यस्ता लोप हुन लागेका परम्परागत रितिरिवाजलाइ अझै उन्मुख बनाउनु पर्दछ