मंगलबार दुईपटक भूकम्पको धक्का

 साउन ९, २०७५ बुधबार ५:४७:३६ | रासस
unn.prixa.net

काठमाडौं - सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर मंगलबार भूकम्पको परकम्प गएको छ । 

साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि मंगलबार बिहान नै धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४.८ रिक्टर स्केलको परकम्प गएको थियो । 

केन्द्रका विवरणअनुसार गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । त्यस्तै, गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो । 

केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार विसं २०७२ को गोरखा  भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०६ पटक परकम्प गएका छन् । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया