४ सय २० लिटर अवैध पेट्रोलियम पदार्थ जफत

 साउन ९, २०७५ बुधबार १८:३६:३२ | दीपक भट्ट

रामेछाप – पेट्रोल पम्पका व्यापारीको सहयोगमा कृतिम अभाव सिर्जना गरी पेट्रोलियम पदार्थ बेच्ने व्यवसायीबाट प्रशासनले ४ सय २० लिटर पेट्रोल पदार्थ जफत गरेको छ ।

पम्पहरुमा पेट्रोलियम पदार्थ बिक्रि वितरण नगरी विभिन्न पसल व्यवसायीहरुलाई दिएर पेट्रोलियम पदार्थ लुकाएको आरोपम प्रशासनले पसलहरुमा छापा मारेर प्रेट्रोलियम पदार्थ जफत गरेको हो ।

उपभोक्ताहरुको गुनासाको आधारमा प्रशासनले बजार अनुगमन गर्दा ४ सय २० लिटर पेट्रोल बरामद गरेको हो । पेट्रोल पम्पबाट बिक्री वितरण गर्नुपर्ने नियम भएता पनि पेट्रोलपम्पले आफूले बिक्री वितरण नगरी कृतिम अभाव सिर्जना गरेर ल्याएको पेट्रोल विभिन्न व्यवसायीहरुलाई बिक्री वितरण गर्ने र व्यवसायीहरुले प्रति लिटर १ सय ३० देखि १ सय ५० रुपैयाँसम्म बिक्रि गर्दै आएका थिए । 
    
उपभोक्ताको गुनासोको सुनुवाई गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापबाट निस्किएको बजार अनुगमन टोलीले मन्थली बजार, रामेछाप बजार, खिम्ती, देवीटार लगायतको स्थानबाट ४ सय २० लिटर पेट्रोल अवैद्य रुपमा बिक्री वितरण गर्न राखिएको भेटिएपछि जफत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अज्ञप्रसाद शर्माले जानकारी दिनुभयो ।

पम्पमा नपाएको पेट्रोल नजिकैका खुद्रा पसलदेखि कस्मेटिक पसल, चिया पसल, कपडा पसलमा समेत मिनरल वाटरको बोतलमा राखेर बढी मूल्यमा बिक्री वितरण भइरहेको पाइएको जिल्ला प्रशासनले जनाएको छ । पम्पमा पेट्रोल लिन पटक–पटक जाँदा समेत पेट्रोल नपाएपछि धेरै सेवाग्राहीले महँगो मूल्य तिरेर पेट्रोल  खरिद गर्नुपर्ने बाध्यता भएको मन्थली नगरपालिका वडा नम्बर १ का सुमन भुजेलले बताउनुभयो । 
    

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • शन्कर कडेल

    July 25, 2018, 8:10 p.m.

    कस्ले बेचेको नाम खोइ तेल बेच्नेको अपुस्ट समाचार

  •  0 Reply

तपाईको प्रतिक्रिया