विवेकशील नेता नेतृत्वमा भएपछि चिन्ता छैन : राष्ट्रकवि

 साउन ९, २०७५ बुधबार १८:४२:२९ | रासस
unn.prixa.net

काठमाडौं – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भेटेर उहाँको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ । 

आज अपराह्न उहाँको लैनचौरस्थित निवासमा भेटेर उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्योपचारको चिन्ता नलिन तथा त्यसमा सरकारको साथ र सहयोग रहनेमा राष्ट्रकविलाई आश्वस्त पार्दै आफ्ना दुई संस्मरणात्मक कृति ‘माघ १९’ र ‘पूर्वको रातो तारा’ उपहार दिनुभयो । उहाँले राष्ट्रकविको सुस्वास्थ्य एवं दीर्घायुको कामना पनि गर्नुभयो ।

‘विवेकशील नेता नेतृत्वमा भएपछि चिन्ता छैन’, नेपाली सेनाका मानार्थ सहायकरथी राष्ट्रकविले आफ्नो स्वास्थ्योपचारको व्यवस्था मिलाएकामा आभार प्रकट गर्दै भन्नुभयो । आन्द्रासम्बन्धी रोगबाट पीडित राष्ट्रकवि नेपाल सरकारको खर्चमा नयाँदिल्लीमा उपचार गराएपछि आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । 

आजै उपप्रधानमन्त्री पोखरेलले वामपन्थी नेता पद्मरत्न तुलाधरलाई उहाँको लाजिम्पाटस्थित निवासमा भेट्नुभयो । खुट्टामा उत्पन्न समस्याका कारण हाल उहाँ हिँडडुल गर्न असमर्थ हुनुहुन्छ ।
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया