रुघाखोकी तथा ज्वरो आएमा यात्रा नगर्न बुद्ध एअरकाे अनुरोध

 फागुन २१, २०७६ बुधबार ८:२९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बुद्ध एयरले कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएमा यात्रा नगर्न अनुरोध गरेको छ ।

कम्पनीले विज्ञप्ति निकालेर टिकट काटिसकेका यात्रुमा समस्या भएमा यात्रा रद्द गर्न अनुरोध गर्दै टिकट रद्द गरेबापत भाडा फिर्ता गरिने जनाएको छ । विज्ञप्तिमा रुघाखोकी तथा ज्वरो आएका व्यक्ति तथा आफन्तजन विमानस्थलमा नआउन आह्वान गरेको छ ।

 यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति निकालेर विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरेको थियो ।

विमानस्थलबाट उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण पनि बन्द गरेको छ । 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया