भक्तपुरमा १० वटा गाडी ठोक्किएर दुर्घटना : विद्यार्थीसहित १५ जना घाइते

 फागुन २३, २०७६ शुक्रबार २१:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - सूर्यविनायक नगरपालिका-५, चुनदेवीमा शुक्रबार सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००३ प ४६४७ काठमाण्डौ वर्ल्ड स्कुलको भ्यानका कारण एकै पटक १० वटा सवारी साधन एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् । 

भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेको बा. १६ च. ४३६१ नम्बरकाे टाटा मोबाइलले ठक्कर दिएर दुर्घटना हुँदा टाटा माेबाइल पछाडि आउँदै गरेको बा. ४१ प. ४४०९ नम्बरकाे मोटरसाइकल, बा. ३ ख. ३३४९ नम्बरकाे बस, प्रदेश ३ बा. २८३६ नम्बरकाे कार बा. ७० प. ४४४५ नम्बरकाे मोटरसाइकल, प्रदेश नं. ३–०२–००७ प. ९६६४ नम्बरकाे स्कुटर, प्रदेश नं. ३–०१–००३ क. ४६४४ नम्बरकाे भ्यान, प्रदेश नं.३–०१–००३ क ४६४१ नम्बरकाे भ्यान, प्रदेश नं. ३–०२–०१० प ३७६३ नम्बरकाे मोटरसाइकलसमेत गरी १० वटा गाडीहरु ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । 

दुर्घटनामा काभ्रेपलाञ्चोक पाचखाल न.पा. ६ बस्ने मोटरसाइकल चालक ३१ वर्षीय रामचन्द्र बि.क., स्कुटर चालक ओखलढुंगा घर भएर हाल पेप्सीकोला बस्ने २८ वर्षीय गुनाकेशरी बस्नेत, स्कुटरको पछाडि रहेकी ३० वर्षीय शर्मिला के.सी, टाटा मोबाइल चालक मकवानपुर भिमफेदी गाउँपालिका ५ बस्ने ३८ वर्षीय सुदिपलाल डंगोल घाइते भएको प्रनाऊ गिरीले जानकारी दिनुभयो ।  

त्यस्तै काठमाण्डौ वर्ल्ड स्कुलका शिक्षक आशिष न्यौपाने, त्यसै स्कुलका दाङ घर भएर हाल भक्तपुर कटुञ्जे बस्ने २१ वर्षीय डिल्ली बुढा, काठमाण्डौ पेप्सीकोला बस्ने विद्यार्थीहरु १२ वर्षीय नरगना थापा, १० वर्षीय शाहिसा सेढाई, ११ वर्षीय साहिस सेढाई, १३ वर्षीय अनुभव क्षेत्री, १० वर्षीय जेनिफर बस्नेत, १३ वर्षीय आरुप चौलागाई, १० वर्षीय आदित्य गिरी, पुरानोठिमी बस्ने ६ वर्षीय शान्दि प्रजापति र १० वर्षीय शिलदिया प्रजापति घाइते भएको उहाँले जानकारी दिनुभयो ।

घाइतेहरुको भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचार भइरहेको र उनीहरु खतरा मुक्त रहेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया