सगुनको मिनी आईपीओमा लगानी गर्ने आज अन्तिम दिन

 साउन १०, २०७५ बिहिबार १५:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सगुनले खोलेको मिनी आईपीओमा लगानी गर्ने आज (२६ जुलाई) अमेरिकी समय अनुसार मध्यरात १२ बजे अगाडिसम्म रहेको जनाएको छ । 

सगुनले लगानीको लागि अब समय थप नहुने समेत बताएको छ । ‘यो अन्तिम अवसर हो,  राम्रोसँग हाम्रो योजनाहरु बुझेर क्षमता अनुसार लगानी गर्न अनुरोध गर्दछौँ’, फाउण्डर गोविन्द गिरीले आह्वान गर्नुभएको छ ।

अमेरिकी सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनबाट स्वीकृत पाएर सगुनले विश्वभरबाट मिनी आईपीओमार्फत लगानी भित्राइरहेको छ । सगुन अमेरिकी सरकारमा दर्ता भएको सामाजिक सञ्जाल हो । नेपाल सरकारले विदेशी कम्पनीमा लगानी गर्न छुट नदिएकोले नेपालभित्रबाट भने लगानी गर्न सकिँदैन तर विदेशमा बस्ने र बैंक खाता हुने नेपालीले बैंकबाट वायर गरेर वा डेबिट र केड्रिटकार्डबाट ट्रान्सफर गरेर समेत लगानी गर्न सक्नेछन् । 

सगुनमा सम्भावना देखेर हिन्दुस्तान टाइम्सले ५० लाख डलर लगानी गरको तथा टाइम्स अफ् इन्डियाले लगानी गर्ने रुची देखाइरहेको गिरी बताउनुहुन्छ । ‘सिलिकन भ्याली (अमेरिका), चीन र भारतमा रहेका इकमर्स कम्पनीका साथै स्टार्टअप कम्पनीमा लगानी गर्ने भेन्चर क्यापिटल कम्पनी र संस्थागत लगानीकर्ताहरुसँग हाम्रो कुरा भइरहेको छ’, उहाँले भन्नुभयो, ‘हामी मिनी आईपीओ निस्काशन बन्द हुनासाथ ४० वटा ठूला कम्पनीमा आईडिया पिच गर्दैछौँ ।’

सगुनले मिनी आईपीओ निस्काशन गरेर अहिलेसम्म झण्डै ५० लाख डलर (५५ करोड) रुपैयाँ लगानी जुटाएको छ । ग्लोबल कम्पनी बन्दै गएको स्टार्टअप कम्पनी सगुनमा विश्वभरका ३ हजार ५ सयभन्दा बढी लगानीकर्ताले सेयर खरिद गरेका छन् । 

सगुनले अमेरिकी सेक्युरिटी एक्स्चेन्जकमिसनको अनुमतिलिएर गएको वर्षको जुलाई २६ मा मिनी आईपीओ निस्काशन गरेको थियो । अमेरिकाले ल्याएको नयाँ कानुन   अनुसार सगुनमा पहिलो पटक सर्वसाधारणले सेयर लगानी गर्ने अवसर पाएका हुन् । 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया