भारतमा काेराेना : दिल्लीमा आईपीएलको एक खेल पनि नहुने

 फागुन ३०, २०७६ शुक्रबार १३:५५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य सङ्गठनले महामारी घोषणा गरेपछि विश्वका धेरै देशले सतर्कता अपनाइरहेका छन् । 

कोरोनाको त्रासलाई मध्यनजर गर्दै दिल्ली सरकारले राजधानीमा हुने इण्डियन प्रिमियर लिग (आईपीएल) को प्रतियोगिता आयोजना गर्न प्रतिबन्ध लगाएको छ । 

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शुक्रबार दिल्लीमा कुनै किसिमका खेल गतिविधि आयोजना नहुने घोषणा गरेका छन् । उनले भने, ‘हामीहरुले दिल्लीमा कुनै किसिमका खेलको आयोजनामा प्रतिबन्ध लगाउने घोषणा गरेका छौँ, जसमा धेरै सङ्ख्यामा मानिसहरु जम्मा हुन्छन्, जस्तै आईपीएल ।’

कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै आईपीएल अब हुने छैन । कोरोनाको प्रकोप रहेसम्म खेलसँग सम्बन्धित अन्य कुनै गतिविधि हुने छैन । त्यस्तै अन्य कुनै ठूलो आयोजनाका खेल पनि हुने छैनन् । 

खाली स्टेडियममा आईपीएल गर्न मिल्छ भन्ने प्रश्नमा उपमुख्यमन्त्री सिसोदियाले भने, ‘हामीले मानिसहरुको भिड रोकेका हौँ, यदि आईपीएलमा आयोजक कुनै नयाँ फर्म्याटमा आउँछ भने त्यसमा केही विचार गर्न सकिन्छ ।' 

आईपीएलअन्तर्गत दिल्लीमा आईपीएलको पहिलो खेल ३० मार्चमा हुने तय भएको छ । दिल्लीमा जम्मा सात वटा खेल हुनेछ ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया