१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब रुपैयाँ लगानी आवश्यक
बैशाख १५, २०८१ शनिबार
तनहुँ - तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
आँबुखैरेनी गाउँपालिका–२, ऐनापार्कमा पोखराबाट नेपालगन्जका लागि छुटेको ना ५ ख ४२९४ नम्बरको बस सडकबाट तल खस्दा बसमा रहेका दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुलेको छैन ।
दुर्घटनामा घाइते भएकाको अहिले उद्धार भैरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । घटनाकाे थप विवरण भने आउन बाँकी छ ।