वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियाे २ सय ५ रनकाे लक्ष्य

 बैशाख १५, २०८१ शनिबार १४:४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाँच खेलकाे टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा वेस्ट इन्डिज 'ए' ले नेपाललाई २ सय ५ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज 'ए' ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनायाे । वेस्ट इन्डिज 'ए' का कप्तान राेस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाए । यस्तै एलिक अथान्जीले ४७ रन बनाए । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान राेहितकुमार पाैडेल र अबिनाश बाेहराले समान १ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलाकाे दोस्रो खेल भाेलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरमै हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया