काठमाण्डौ उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

 वैशाख ८, २०८२ सोमबार १८:६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाण्डौअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिनका रूपमा करार पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले प्राप्त उजुरीका आधारमा यादवको २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा वैध आम्दानीको तुलनामा ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपत्र दायर गरेको हो ।

यादवले १८ वर्षकाे अवधिमा ५ कराेड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसा आम्दानी गरेकाे देखिएकाेमा २ कराेड ४२ लाख २० हजार ३ सय १ रुपैयाँ ३० रुपैयाँ मात्र वैध देखिएकाे अख्तियारकाे आराेप पत्रमा उल्लेख छ ।

यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) अनुसारको कसूरमा दोषी ठहर गर्दै दफा २०(२) बमोजिम सजाय माग गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया