अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूलाई चीनको चेतावनी

 वैशाख ८, २०८२ सोमबार १८:२१:२० | एजेन्सी
unn.prixa.net

अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको छ । चीनको वाणिज्य मन्त्रालयले आफूहरूलाई हानि पुग्ने गरी अमेरिकासँग व्यापारिक सम्झौता गरेमा ती देशहरूविरुद्ध कडा प्रतिशोधात्मक कारबाही गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

यस्तै वाणिज्य मन्त्रालयले अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न चीन अरू देशसँग सामेल हुन तयार रहेको पनि बताएको छ । अमेरिकाले अन्य देशहरूलाई कर छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाव दिन सक्छ भन्ने रिपोर्टहरू सार्वजनिक भएपछि बेइजिङको यो बयान आएको हो ।

अहिले अमेरिका र चीनबीचको व्यापार युद्ध चुलिएको छ । ट्रम्प दोस्रो पटक सत्तामा फर्किएपछि अमेरिका र चीनबीच करसम्बन्धी घोषणाहरूको लहर चलिरहेको छ । ट्रम्पले चीनबाट हुने आयातमा १४५ प्रतिशतसम्मको कर लगाउनुभएको छ । यस्तै अन्य देशहरूले पनि जुलाईसम्म १० प्रतिशत कर सामना गरिरहेका छन् ।

ट्रम्प प्रशासनले गएको हप्ता केही चिनियाँ सामानहरूमा कर २४५ प्रतिशतसम्म पुग्नसक्ने बताएको थियो । चीनले अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशत कर लगाउँदै अन्तिमसम्म लड्ने वाचा गरेको छ ।

विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धले यस महिनाको शुरूमा विश्वव्यापी वित्तीय बजारमा धक्का लागेको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया