कोरोना सङ्क्रमितको उपचारमा खटिरहेका स्वास्थ्यकर्मीलाई प्रधानमन्त्री ओलीको चार सन्देश

 चैत १४, २०७६ शुक्रबार ५:५६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिरहेको समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीलार्ई चार सन्देश दिनुभएको छ । 

प्रधानमन्त्री ओलीले सरकार चिकित्सक तथा स्वास्थ्यकर्मीको साथमा रहेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले सङ्कटको यो समयमा बिरामीको सेवामा खटिरहेका स्वास्थ्यकर्मीको साथमा सरकार रहेको बताउनुभएको हो । साथै प्रधानमन्त्री ओलीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चिन्तित नहुन आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्रीको चार सन्देशमा अहिले मौज्दात सामग्रीको प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन भनिएको छ । त्यस्तै उहाँले  ‘तपाईँहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गर्नु’ पनि भन्नुभएकोे छ ।

कोभिड १९ मानवीय सङ्कटको एकजुट भएर सामना गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले ‘सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔँ भन्नुभएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • SAGAR BUDHATHOKI

    March 27, 2020, 7:47 a.m.

    Great support

  •  0 Reply

तपाईको प्रतिक्रिया