नेपाल-भारत मानव विकास मैत्री संघद्वारा पीपीई सहयोग

 चैत २३, २०७६ आइतबार १८:१३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल–भारत मानव विकास एवं मैत्री संघले चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री पीपीई सहयोग गरेको छ । 

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको ३ सय थान पीपीई स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।

राज्यमन्त्री मानन्धरले स्वास्थ्य मन्त्रालय पुगेर कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री पीपीई मन्त्री ढकाललाई हस्तान्तरण गर्नुभएको हो । पीपीई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले विपद्को समयमा आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आह्वान पनि गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले कोरोना सङ्क्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण स्वास्थ्य सामग्री पीपीईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । 

उहाँले सरकारले टेकुमा मात्रै रहेको प्रयोगशालालाई विस्तार गरी प्रदेश प्रदेशमा पुर्याएको र अझै पनि आवश्यक सामाग्रीहरु पुर्याउने क्रममा रहेको उल्लेख गर्दे संकटको बेला हिलो छ्याप्ने काम छोडी महामारी विरुद्ध हातेमालो गर्न सबैलाई आह्वान गर्नुभयो । 

पीपीई सेटमा गाउन, भाइजर, पञ्जा, एप्रोन, मास्क लगायत सामान छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया