कोरोना अपडेट : विश्वभर ९७ हजारको ज्यान गयो,  १६ लाख २२ हजार सङ्क्रमित

 चैत २८, २०७६ शुक्रबार २०:२५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म १६ लाख २२ हजार जनाभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ३ लाख ६६ हजारभन्दा धेरैलाई उपचारपछि निको भएको छ भने ९७ हजार १ सय ९२ जनाको ज्यान गएको छ । 

विश्वमा अमेरिकामा सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा ४ लाख ६८ हजार ८ सय ९५ जना सङ्क्रमित भएका छन् जसमध्ये १६ हजार ६ सय ९७ जनाको ज्यान गएको छ ।

अमेरिकापछि सङ्क्रमितको संख्या धेरै हुनेमा स्पेन रहेको छ । स्पेनमा १ लाख ५७ हजार २२ जना संक्रमितमध्ये १५ हजार ८ सय ४३ जनाको ज्यान गएको छ । 

यस्तै इटालीमा १ लाख ४३ हजार ६ सय २६ ङ्क्रमित मध्ये १८ हजार २ सय ७९ जनाको ज्यान गएको छ । भारतमा ६ हजार ७ सय २५ ङ्क्रमित छन् भने २२९ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया