गाउँपालिकाले बाँडेको नुन गुणस्तरहीन भएको भन्दै स्थानीयले गरे विरोध

 चैत २९, २०७६ शनिबार १५:२६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

 जुम्ला - लकडाउनको समयमा जुम्लाको हिमा गाउँपालिकाले मिति नाघेको नुन बाँडेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

गाउँपालिकाले नेपाल साल्ट ट्रेडिङ कार्यालय सिञ्जा डिपोबाट वितरण गरेको नुन सन् २०१६ र २०१७ को भएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । स्थानीय प्रशासनले तीन दिनमा नुनको गुणस्तरबारे जानकारी दिन साल्ट ट्रेडिङलाई अल्टिमेटम दिएको छ । 

साथै अर्को व्यवस्था नभएसम्म नुन वितरण नगर्न भन्दै गाउँपालिकालाई बोधार्थ गरेको छ । प्रशासनले गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शााखालाई बोधार्थ गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो । 

नेपाल साल्ट ट्रेडिङ जुम्लाका निमित्त कार्यालय प्रमुख खगेन्द्रबहादुर मल्लले गाउँपालिकालाई पत्र लेखेर प्रतिक्रिया दिनुभएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले हरेक घरधुरीमा २५ केजी नुन वितरण गरिएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया