कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या अमेरिकामा मात्र २० हजारभन्दा धेरै

 चैत ३०, २०७६ आइतबार ६:१२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना सङ्क्रमणका कारण अमेरिकामा मात्रै साढे २० हजार भन्दा धेरैको ज्यान गएको छ ।

५ लाख ३० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा १८ सय भन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या साढे २० हजार नाघेको हो ।

अमेरिकापछि इटलीमा १९ हजारभन्दा धेरैको ज्यान गएको छ । हिजोसम्म ज्यान गुमाउनेको संख्या इटलीमा धेरै थियो । विश्वका २ सय १० र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिँदा १७ लाख ७५ हजार भन्दा धेरै मानिसमा कोरोनासङ्क्रमण भएको वल्डओमिटरले जनाएको छ ।

जसमध्ये ४ लाख १ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । १ लाख ८ हजार जनाको भने ज्यान गएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया