कोभिड-१९ : विश्वभर ४ लाखभन्दा धेरै सङ्क्रमित उपचारपछि निको भए

 चैत ३०, २०७६ आइतबार ८:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वका विभिन्न देशमा गरी ४ लाखभन्दा धेरै  कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् ।

विश्वका २ सय १० र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिँदा १७ लाख ८० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ४ लाख ४ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका वल्डओमिटरले जनाएको छ ।

१ लाख ८ हजार जनाको भने ज्यान गएको छ । कोरोना संक्रमणकोरोना संक्रमणका कारण अमेरिकामा मात्रै साढे २० हजार भन्दा धेरैको ज्यान गएको छ । ५ लाख ३० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा १८ सय भन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे २० हजार नाघेको हो । अमेरिकापछि इटलीमा १९ हजारभन्दा धेरैको ज्यान गएको छ । हिजोसम्म ज्यान गुमाउनेको संख्या इटलीमा धेरै थियो । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dr BP Khanal

    April 14, 2020, 7:02 a.m.

    गोपाल दाइ, नमस्कार ! "कोरोना क्याप्सुल" बनाएर डोज मिलाउँदै मनका रोगीको खोजीखोजी खुवाउन थाल्नुभएको देखेर म निकै उत्साहित भएको छु। तपाईंले ठीक भन्नुभयो अहिले गलत सूचना संक्रमणले असंख्य मानिसहरूलाई झनै बढी तर्साउने काम गरेकोे छ। त्यसमा हाउगुजीको खेती गर्नेहरूले आफ्नो खेती फस्टाएको ठानेका होलान् । तिनीहरूलाई निकोपार्ने अर्को क्याप्सुल बनाउने सल्लाह पस्किने आँट देखाएको छु। जसरी कोरोना महामारीलाई मान्छेका उमेरसँग जोडेर दुस्प्रचार गरिएको देखियो, त्यसैगरी यसलाई मान्छेको धार्मिक आस्थासँग पनि जोडिएको छ। जस्तै , चीनियाहरू नास्तिक भएकोले संक्रमण फैलियो, वा इटाली, बेलायत र अमेरिका ख्रीष्टियन भएकोले बढी कोरोनाको आक्रमणमा परे, आदि। यो अफवाहलाई हुस्याउने क्याप्सुल बनाएर खुवाउनुहुन अनुरोध गर्छु। अहिले लकडाउन, सोसिएल डिस्ट्यान्सिङ र आइलेसन जस्ता उपायसँगै कसैले तोकिएको कानुन र अनुशासनमा रही आफ्नो आस्थाअनुसार कोरोनाको विरुद्धमा थोरैमात्र प्रयासमा लाग्ने मानिसहरूले ठीकै गरेका हुन् भनी सामान्यरूपमा लिनुपर्छ ।ओखतीको खोजीमा लागेका वैज्ञानिक वा अनुसन्धानकर्ताहरूले गरेको प्रयत्न पनि यस्तै त हो नि। यस्ता प्रयत्नले पक्कै पनि दीगो उपाय निस्किने छ। प्रयासमा लागेका मानिसलाई समर्थन गरिदिँदामात्रै पनि आशा जगाउँछ। त्यसकारण अहिलेको ठूलो आवश्यकता नै उत्साह, ढाडस, हौसला, सान्त्वना हो, यही मानसिकतामा बलियो र सकारात्मक रहन सबैलाई अनुरोध गरौँ । अहिलेलाई यत्ति । तपाईंसँगै पीडितहरूको सेवामा, बि. पी. खनाल तीखेदेवल - १४ ललितपुर

  •  0 Reply

तपाईको प्रतिक्रिया