रसुवामा र्‍यापिड टेस्ट सुरु, ७ जनाको रिपोर्ट 'नेगेटिभ'

 चैत ३०, २०७६ आइतबार १८:२३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवामा आइतबारदेखि दुई वटा अस्पतालबाट र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) सुरु भएको छ । रसुवा अस्पताल र जीवजीवे ग्रामीण अस्पतालबाट आरडीटी सुरु गरिएको हो ।

आइतबार कालिका गाउँपालिका ५ को जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पतालमा आरडिटी गरिएका सातै जनाको रिर्पोट नेगेटिभ आएको छ । अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलका अनुसार पहिलो दिन चार जना महिला र तीन जना पुरुषको जाँच गरिएको थियो । उनीहरू विदेशबाट आएका व्यक्ति हुन् । 

सोमबार नौकुण्ड र उत्तरगया गाउँपालिकाका विदेशबाट आएकाको जाँच गर्ने तयारी छ । रसुवा अस्पतालमा भने सोमबार विदेशबाट फर्किएका व्यक्ति नआएका कारण जाँच भएन ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया