अछाममा क्वरेण्टीनमा बसेका ५३ जनालाई स-सम्मान बिदाइ गरियो

 चैत ३०, २०७६ आइतबार १९:१५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

अछाम - अछामको मङ्गलसेन नगरपालिकाले स्थापना गरेको क्वरेण्टीनमा बसेकाहरुको बिदाइ गरिएको छ ।

भारतका विभिन्न शहरबाट कैलालीको गौरिफन्टा नाका हुँदै आएर क्वरेण्टीनमा बसेका उनीहरुलाई सम्बन्धित पालिकाले सुरक्षित रुपमा घर जाने व्यवस्था मिलाएको हो । उनीहरुलाई गएको चैत १२ गतेदेखि करेन्टीनमा राखिएको थियो । 

क्वरेण्टीनमा बसेकाहरुलाई खादा ओडाएर प्रमाणपत्रसहित स-सम्मान बिदाई गरिएको हो । उनीहरुलाई आ-आफ्नो गाउँमा गएर सरकारले गरेको लकडाउनलाई पालना गर्न र सरकारको अभियानलाई सघाउन आग्रह गरिएको छ ।

क्वरेण्टीनमा अछामको आठ वटा पालिकाका  तीन बालबालिकासहित ४१ पुरुष र १२ महिला गरी ५३ जना बसेका थिए । उनीहरुलाई नगरपालिकाले खाना, नास्ता, सरसफाइ सामग्रीसहित हरेक दिन स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क समेत स्थापना गरेको थियो ।

यो अवधिभर क्वरेण्टीनमा बसेकाहरुमा कुनै पनि स्वास्थ्यमा समस्या नआएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मानबहादुर सोडारीले जानकारी दिनुभयो ।

नगरपालिकाले गएको फागुन १५ गतेदेखि यता भारतलगायत तेस्रो देशबाट आएका ६ सय २२ जनाको तथ्याङ्क सङ्कलन गरेर निगरानीमा राखिएको नगरपालिकाका सूचना अधिकारी खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया