कोरोना रोक्न सरकारले कार्यविधि बनाएर काम गरिरहेको छ : स्वास्थ्यमन्त्री ढकाल

 बैशाख १, २०७७ सोमबार १८:१८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोक्न सरकारले कार्यविधि नै बनाएर काम गरिरहेको जानकारी दिनुभएको छ। 

नयाँ वर्ष २०७७ सालको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले देशलाई पहिले महामारीबाट बचाउन आग्रह गर्दै बाँकी बहस पछि गर्न अनुरोध गर्नुभयो । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अहिले देशलाई महामारीबाट बचाउनु प्रमुख दायित्व भएको भन्दै यसमा सबैको सहयोगको खाँचो रहेको बताउनुभयो । महामारीविरुद्धको लडाइँमा सबै एकजुट भएर मात्र लड्न पनि उहाँले आग्रह गर्नुभयो । 

पालिका र प्रदेश सरकार तथा सुरक्षार्मी र सञ्चारकर्मीलाई कोरोनाको रोकथाममा सहयोग गर्न आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमणको सबै उपचार निःशुल्क गर्ने पनि उहाँले बताउनुभयो । 

कोरोनाको आशंका गरिएका व्यक्ति र कोरोना सङ्क्रमित बाहेकका बिरामीको उपचारका लागि पनि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले लकडाउनको पूर्ण पालना गर्दै क्वरेन्टीनमा बस्न आग्रह गर्दै कोरोना रोकथाम र उपचारमा खटिएकालाई शतप्रतिशत भत्ताको व्यवस्था गरेको पनि दोहोर्याउनु भयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया