राष्ट्रिय सभा सदस्यसँग अध्यक्ष तिमल्सिनाको भिडियो कन्फ्रेन्स

 बैशाख १, २०७७ सोमबार १९:५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संघीय संसद राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभा सदस्यहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्नुभएको छ । 

देश लकडाउनमा रहेको अवस्थामा जनप्रतिनिधिको भूमिकाको विषयमा अध्यक्ष तिमल्सिनाले सांसदहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्नुभएको हो ।

उहाँले लकडाउनको अवस्थामा जनस्तरमा पर्ने समस्याहरुको सूचना लिएर समाधानका लागि लागिपर्न सांसदहरुलाई आग्रह गर्नुभयो । नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले लकडाउनको अवस्थामा जनतामा परेको समस्याको समाधानका लागि सरकारले गरेका प्रयासहरुलाई अझ बढी तीव्रता दिनुपर्ने बताउनुभयो । 

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका संसदीय दलका नेता राधेश्याम अधिकारीले कोरोना भाइरसको संक्रमणको महामारीको अवस्थामा सरकारको कुन निकायले दिने आदेशलाई पालना गर्ने भन्ने दुविधा जनमानसमा रहेको बताउनुभयो । 

उहाँले सरकारले दिएको आदेश पालना गर्नुपर्ने या नपर्ने हो त्यसमा सरकार आफै स्पष्ट हुन नसकेको दावीसमेत गर्नुभयो । उहाँले कोरोना भाइरसको सङ्क्रमण भएका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी र नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सरकारले विशेष प्याकेज घोषणा गर्नुपर्ने बताउनुभयो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले चीन सरकारले स्वास्थ्य सामग्रीसहितको स्वास्थ्य सेवा सहयोग गर्छु भन्दासमेत सरकारले सहयोग नलिनुको सम्बन्धमा स्पस्ट पार्नुपर्ने बताउनुभयो । 

उहाँले राहत वितरणको सिफारिस गर्ने जिम्मेवारी वडा सदस्यलाई दिनुपर्ने र अनुगमन वडाअध्यक्षले गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया