कोरोना त्रास : नयाँ वर्षमा मकवानपुरका पर्यटकीय क्षेत्र सुनसान

 बैशाख १, २०७७ सोमबार २१:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - सधैँ भरिभराउ हुने मकवानपुरको पर्यटकीय क्षेत्र सुनसान भएको छ ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण मकवानपुरका पर्यटकीय क्षेत्र सुनसान भएका हुन् । नयाँ वर्षका अवसरमा हेटौंडाको शहीद स्मारक, वनस्खण्डी, पुस्पलाल पार्क लगायतका क्षेत्रमा पहिले घुम्न आउनेहरुको घुइंचो भएपनि आज भने निकै सुनसान छ । 

यसैगरी मकवानपुरको दामन, सिमभन्ज्याङ, मकवानपुरगढी लगायतका पर्यटकीय क्षेत्रमा सुनसान भएको हो । लकडाउनका कारण मकवानपुरका सबैजसो नागरिक घरबाट बाहिर निस्केका छैनन् ।

आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन सवैतिर सामाजिक सञ्जाल, टेलिफोन, म्यासेजबाट शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाउन लागिएको छ ।  

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउँछन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्यांकन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन् ।

विगतमा होटल, रेष्टुरेन्ट, पार्क लगायतका स्थानमा भेला भएर नयाँ वर्ष मनाउने गरिए पनि यस वर्ष कोरोना भाइरस महामारीको जोखिमका कारण नेपालीहरुले घरमै बसेर नयाँ वर्ष मनाउँदैछन् ।

कोरोना सङ्क्रमणको जोखिमका कारण विगत वर्षमा जस्तो घुमफिर एवं मेला महोत्सवमा सहभागी हुन सरकारले प्रतिबन्ध लगाएको छ । साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउन यस वर्ष बन्दाबन्दीका कारण सहज छैन । प

शुपतिनाथ मन्दिरलगायत देशभरका मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि लाग्ने भीड पनि यस वर्ष छैन । भीडभाड भइ रोग सर्नसक्ने भएकाले सजगता अपनाउँदै धेरै मन्दिरमा सूचना टाँस गरी मूल ढोकामा ताला लगाइएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया