धुर्कोट गाउँपालिकाको नमुना निर्णय: खेति गर्नेलाई अनुदान, बाँझो जमिनको कर बढाइने

 बैशाख २, २०७७ मंगलबार २०:१९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी - कोरोना भाइरसको कारण खाद्यान्नको अभाव हुनसक्ने भन्दै धुर्कोट गाउँपालिकाले २ वर्षदेखि बाँझो रहेको जमिनमा खेति गर्न किसानहरुलाई अनुदान दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले बाँझो खाद्यान्न, तरकारी र फलफूल खेति गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने निर्णय गरेको हो । 

बाँझो जमिनमा कागती, सुन्तला र फलफूल रोपेमा प्रतिरोपनी तीन हजार रुपैयाँका दरले अनुदान दिने गाउँपालिकाले जनाएको छ । 

यस्तै बाँझो जमिनमा अन्नबाली, तरकारी र मसलेदार खेति गरेमा पालिकाले प्रतिरोपनी चार हजार रुपैयाँ दिने भएको छ । आफ्नो बारी नहुनेले लिजमा लिएर तरकारी, खाद्यान्न तथा फलफूल खेति गरेमा प्रतिरोपनी पाँच हजार रुपैयाँ अनुदान दिने निर्णय भएको छ । 

खेतियोग्य जमिन बाँझो राखेमा आगामी गाउँपालिकाले निर्णय गरेर भूमि कर बढाउने पनि गाउँपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया