जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा सवारी पास लिनेको भिड

 बैशाख ८, २०७७ सोमबार १६:४५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पास लिनेहरुको भिड अझै कम भएको छैन । 

सरकारले भिडभाड बढेसँगै अत्यावश्यक कामका लागि अनलाइनबाटै ई–पास लिने व्यवस्था गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पारिवारिक मृत्यु संस्कारका लागि बाहेक अन्य कामका लागि पास वितरण नगर्ने बताएपछि अहिले कार्यालयमै आएर पास माग गर्नेहरुको संख्या बढेको हो । 

जसले गर्दा जिल्ला प्रशासन कार्यालय अगाडि भिडभाड हुन गइ कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको छ । 

सोमबार दिउँसो पनि प्रशासन कार्यालय अगाडि यस्तै भिडभाड देखिएको थियो । पास लिन आउनेहरुले पनि मृत्यु संस्कारका लागि पास मागेका भने होइनन् । कोहीले काठमाण्डौमा खानेकुरा सकिएपछि घर जान त कोही कार्यालय प्रयोजनका लागि पास माग्न आउने गरेको कार्यालय बताएको छ। 

गृह मन्त्रालयले पास वितरण गर्दा लकडाउन उलङ्घन हुने र न्यूनतम सामाजिक दूरी कायम गराउन कठिन भएपछि अनलाइनबाटै ई-पास लिने व्यवस्था गरेको थियो। 

 

 

 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया